काठमाडौँमा मेयरका अन्य उम्मेदवार चर्चा गर्न लायक छैनन् : ओली

291

काठमाडौँ, १८ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका अन्यको चर्चा गर्न आवश्यक नरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार काठमाडौँमा जिफन्टले आयोजना गरेको कार्यक्रममा ओलीले उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरुको अधिकारको कुरा भएको भन्दै उनीहरुको चर्चा गर्न आवश्यक नै नरहेको बताए ।

“अन्य पार्टीका कसै उम्मेदवारको बारेमा केही भनिरहन र चाहन्न चर्चा गर्नै लायक नै छैनन् । उहाँहरुले इच्छा गर्नुभएको छ । त्यो पाइन्छ,” उनले भने,“उहाँहरुको इच्छालाई सलाम गर्ने हो । सूर्य चिन्हमा मतदान गरेर एमालेलाई जिताउने हो ।”

उनले चर्चा गर्न आवश्यक नरहेको व्यक्तिलाई नभइ एमालेका प्रतिनिधिहरुलाई विजयी गराउन आह्वान गरे ।

यसअघि पनि सफा काठमाडौँको अवधारणा र विकासको काम एमाले नै सुरु गरेको भन्दै अब महानगरपालिकालाई समृद्ध बनाउने काम पनि एमालेले नै गर्ने उनले बताए ।

ओलीले श्रमिकको पक्षमा बोल्ने एमाले पार्टी भएकाले कुनै समस्या भए स्पष्ट भन्न आग्रह गरे ।

अध्यक्ष ओलीले पार्टीको स्थानीय तहको घोषणापत्रका साथ जनतामाझ जान पनि कार्यकर्तालाई निर्देशन दिए ।

Share This:
सम्बन्धित खबर
Loading...