सामाजिक, सांस्कृति तथा आर्थिक क्षेत्र सुधारमा प्रतिबद्ध छु : नरबहादुर विष्ट

377

नेपालगञ्ज उपमहानरपालिका वडा नम्बर १० मा नेपाली कांग्रेसका तर्फबाट वडाअध्यक्ष पदका उम्मेदवार नरबहादुर विष्टको चुनावी गतिविधि तीव्र भएको छ । यसअघि नेपालगञ्ज उपमहानगरपालिकाको वडासदस्यमा निर्वाचित भएर ५ वर्षको कार्यकाल पूरा गरिसकेका विष्टको चुनावी माहोल तात्तिएको गएको छ । अनुभवी तथा क्षमतावान् भएकाले मतादाताले पनि जितको शुभकामना दिएका छन् । यसै सन्दर्भमा विष्टसँग गरिएको संक्षिप्त कुराकानी

तपाईंको उम्मेदवारी किन ?
वडा नम्बर १० को शिक्षा ,स्वास्थ्य र पूर्वाधारको विकास गर्नका लागि मेरो उम्मेदवारी आवश्यक छ । यसभन्दा पहिला वडासदस्यमा रहेर काम गर्दै गर्दा अधुरा रहेका कामहरुलाई पूर्णता दिने मेरो प्रतिबद्धता रहेको छ । स्थानीयको आवश्यकता पूर्ति गर्नकालागि मेरो आवश्यकता वडा नम्बर १० मा रहेको छ ।

वडा नम्बर १० को विकासको सम्भावना के रहेको छ ?
वडा नम्बर १० मा प्रचुर मात्रामा शिक्षा र स्वास्थ्यको सम्भावना रहेको छ । औद्योगिक क्षेत्र पनि यही भएकाले रोजगारीको पनि राम्रो सम्भावना रहेको छ । सडक पूर्वाधारको पनि विकास हुँदै गएको छ । जसले गर्दा यहाँको विकासका ढोकाहरु खुलाउन सकिन्छ ।

तपाईं प्रति मतदाताको अपेक्षा के छ ?
जनताको पहिलो प्राथमिकता बाटो र नाली रहेको । सबै ठाउँमा व्यक्तिको व्यवस्था हुनुपर्छ भन्ने कुरामा आम मतादाताहरुले माग गरेका छन् । सबै स्थानमा खानेपानी नपुगेकाले मतादाताहरुले खानेपानीको व्यवस्था हुनुपर्ने माग राखेका छन् । यसका साथै शिक्षा र स्वास्थ्यमा सहज पहुँचको पनि मतदाताले माग गरेका छन् ।

निर्वाचित भएपछि मैले जनताको आवश्यकता अनुसार प्राथमिकता दिएर काम गर्ने छु । यसका साथै सामाजिक ,सांस्कृति तथा आर्थिक क्षेत्र सुधारका लागि मेरो प्रयास रहने छ । म यसमा प्रतिबद्ध छु ।

चुनावी उत्साह कस्तो छ ?
जनताले दिएको साथ र समर्थनले मनमा उत्साह थपिएको छ । ५ वर्षको अन्तरालमा जुन किसिमको मैले काम गर्न सके त्यसले मलाई पनि अझै राम्रो गर्न सक्छु भन्ने प्रेरणा दिएको छ । विसं २०२६ सालदेखि राजनीतिमा प्रवेश गरेँ । जतिबेला म कक्षा ६ मा पढ्ने गर्थे । २०४० सालमा एस।एल।सी पास भएर अध्ययनको लागि विक्रम संवत् २०४१ सालमा नेपालगञ्ज आए ।

त्यसपछि विक्रम संवत् २०४३ सालसम्म नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघबाट राजनीति सुरु गरे । मैले आइएलसम्मको अध्ययन गरेको छु । त्यसपछि २५ वर्ष नेपाल प्रहरीमा सरकारी जागिर गरे । पछि २०७० देखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरे ।

त्यसपछि म वडा नागरिक मञ्चलगायतका समूहहरुमा नेतृत्व दिँदै अगाडि बढेँ । अहिले नेपाली कांग्रेसको क्षेत्रीय सदस्यका रुपमा पनि परिचित छु । २०४० देखि मेरो बसोबास नेपालगञ्जमै रहेको छ । मेरो यो उत्साहलाई मतदाताले पूर्ण गरिदिनेमा म ढुक्क छु ।

Share This:
सम्बन्धित खबर
Loading...