गायक प्रमोद खरेलको ‘मायाको नाटक’बोलको गीत सार्वजनिक [भिडिओ]

286

काठमाडौँ, १७ वैशाख । गायक प्रमोद खरेलको स्वर रहेको ‘मायाको नाटक’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

दिनेशराज पुरीको शब्द सृजना रहेको गीतमा नवीन कार्कीको संगीत छ । विशाल निरौलाको एरेन्ज र मिक्सिङ रहेको गीतको त्रिकोणत्मक प्रेम कथामा आधारित भिडियोमा गरिमा शर्मा, विक्रम बुढाथोकी र संगम मल्ल ठकुरीको अभिनय देख्न सकिन्छ ।

प्रेमिकाले धोका दिएर प्रेमीलाई घाइते बनाएको कथालाई निर्देशक विक्रम चौहानले कलात्मक तरिकाले भिडियोमा देखाएका छन् । प्रकाश खड्काको छायांकन रहेको भिडियो गायक सुभाष पुरीको प्रस्तुतिमा तयार भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...