उपत्यकामा क्युआर कोड प्रयोग गरी ट्राफिक जरिबाना तिर्न सकिने

322

काठमाडौँ, १५ वैशाख । काठमाडौँ उपत्यकामा ‘क्युआर कोड प्रयोग (स्क्यान) गरी ट्राफिक जरिबाना तिर्न सकिने व्यवस्था सुरू भएको छ। अर्थात ‘क्यु आर स्क्यान, पे फाइन एन्ड विथड्र डकुमेण्ट’ सुविधाको थालनी भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र कुमारी बैक लिमिटेडबीच सहकार्यबाट यो प्रविधि जडान गरी जरिबाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज बिहीबार एक कार्यक्रमका बीचयो सेवा शुभारम्भ गरिएको हो । उक्त सेवा प्रारम्भ भएसँगै जरिबाना रकम तिर्न बैंक खोज्न भौतारिनुपर्ने वा नगद पैसा बोकेर बैंकमा घन्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको विस्थापित भएको छ ।

कार्यक्रममा बोल्दै कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ट्राफिक नियम उल्लङ्घन गरे उपर सेवाग्राहीहरुले आफ्नो डिजिटल वालेट वा मोबाइल बैंकिङ एप्लिकेसनमार्फत् मनिटरको स्क्रिनमादेखिएको क्यु आर कोड स्क्यान गरी तोकिएको जरिबाना रकम तिरीसकेपछि तुरून्तै आफ्नो कागजपत्र लिन सकिने बताए । उनले ट्राफिक व्यवस्थापनमा नयाँ नयाँ प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगिएको र यसबाट आम सडक प्रयोगकर्ताहरूलाई थप सहज, सरल, छिटो र भरपर्दो भएको पनि उल्लेख गरे ।

कुमारी बैंकका डिजिटल बैंकिङ प्रमुख अनिश ताम्राकारले यसरी ट्राफिक प्रहरीसँग सहकार्य गरी काम गर्न पाउँदा धेरै खुसी भएको व्यक्त गर्दै यस व्यवस्थाबाट नागरिकलाई थप सुविधा भएको र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पारी सहकार्य गर्दै जाने प्रतिबद्धतासमेत जनाए ।

कसरी लिने त यो सेवा ?
यो सेवा सेवाग्राहीले ट्राफिक कार्यालयको कोठा नम्बर ५ र ६ शाखाको काउन्टरमा राखिएका मनिटरमा ट्राफिक भायोलेसन रेर्कड सिस्टम (TVRS) बाट क्यूआर कोड जेनेरेट जेनेरेट (generate) गरिमनिटरमा डिसप्ले (display) गरिन्छ र उक्त क्युआर कोडडिजिटल वालेट वा मोबाइल बैंकिङ एप्लिकेसनमार्फत् स्क्यान गरेर ट्राफिक जरिबाना रकम भुक्तानी पश्चात तत्कालै आफ्नो कागजपत्र लिन सक्नेछन् ।

यो सेवा हाललाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा लागु गरिएको छ भने आगामी दिनमा मातहतका ट्राफिक कार्यालयमा पनि विस्तार गरिने ट्राफिक कार्यालयले जनाएको छ ।

यसअघि नै ट्राफिक नियम उलङ्घन गरे बापत तिर्नुपर्ने जरिबाना रकम अनलाइनमार्फत् भुक्तानी गर्न सक्ने प्रणाली लागु भइसकेको र त्यस प्रणालीलाई थप समयानुकुल रप्रभावकारी बनाउन परिस्कृत गरी यो क्युआर स्क्यान गरी तिर्न सकिने व्यवस्था सुरू गरिएको हो ।

कार्यक्रममा ट्राफिक प्रहरीका उच्च अधिकारीहरू तथा कुमारी बैंकका पदाधिकारीहरूको उपस्थिति थियो ।

Share This:
सम्बन्धित खबर
Loading...