बागलुङ, १४ वैशाख । नेकपा (एमाले) गण्डकी प्रदेश सचिवालय सदस्य तुलसीराम अर्याल र प्रदेश सदस्य ददिराम अर्याल नेकपा (माओवादी केन्द्रमा) प्रवेश गरेका छन् ।
बुधबार बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रममा उनीहरुले एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।
दशवर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनका विरासत जोगाउन आफूहरु माओवादी केन्द्रमा नै फर्किएको बताएका छन् । २०७० सालमा तुलसीराम अर्याल माओवादी केन्द्रको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका थिए ।
संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयता माओवादीले लडेर ल्याएको बताउँदै त्यसको बचाउका लागि पुरानै घरमा फर्किएको ददिराम अर्यालले बताए । ‘माओवादीले ल्याएको परिर्वतन प्रतिक्रियावादीले उल्टाउन खोजेका छन्,’ उनले भने, ‘ युद्धको विरासत जोगाउन हामी माओवादीमै फर्किका हौँ ।’