माओवादीबाट रामेछाप नगरपालिकाको मेयरमा नरेशबाबु श्रेष्ठले दर्ता गरे उम्मेदवारी

469

रामेछाप । रामेछाप नगरपालिकाको मेयरमा नरेशबाबु श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । नेकपा (माओवादी केन्द्र) रामेछापको तर्फबाट रामेछाप नगरपालिकाको मेयरमा श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन् ।

३० वैशाखमा हुने स्थानीय तहका लागि निर्वाचन आयोगले ११ गते र १२ गते मनोनयन दर्ताको समय दिएको थियो । आयोगले दिएको मनोनयन दर्ताको दोस्रो दिन माओवादीको तर्फबाट श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन् ।

रामेछापमा लामो छलफलपछि पनि सत्ता गठबन्धनको चुनावी तालमेल हुन नसकेपछि नगरपालिकामा माओवादी र नेकपा (एकीकृत समाजवादी)बीच चुनावी तलमेल भएको छ । तालमेलपछि माओवादीको तर्फबाट मेयरमा नरेशबाबु श्रेष्ठ र उपमेयरमा ढालविक्रम कार्कीले उम्मेदवारी दर्ता गरेका हुन् ।

श्रेष्ठ रामेछापको इमान्दार र सहयोगी नेताको छबी बनाएको नेताको रुपमा चिनिन्छन् । विचारमा प्रष्ट, इमान्दार र पारदर्शी श्रेष्ठ रामेछाप कम्युनिस्ट आन्दोलनको धरोहर स्वर्गीय नाराणबाबु श्रेष्ठका छोरा हुन् । आर्थिक रुपमा पारदर्शी श्रेष्ठ आफूले नेतृत्व गरेको हरेक विकास निर्माण र आर्थिकसँग जोडिएका विषय प्रष्ट र पारदर्शी छन् ।

आफूलाई भन्दा समाज विकास र जनतालको समास्यालाई समाधान गर्न खोज्ने नेता श्रेष्ठ जनताको हरेक दुःखमा साथ–साथै रहेका छन् । राजनीतिक नेताहरु बोल्ने र नगर्ने प्रवृति बढिरहेको छ । तर, श्रेष्ठ भने आफूले सक्ने कुरा बोल्ने र बोलेको कुरा हर हमेसा पूरा गरेरै छाड्ने नेताको रुपमा स्थापित छन् ।

समाजको तल्लो वर्ग र देशको उच्च वर्ग सबैसँग सम्बन्ध राख्ने सक्ने क्षमता भएको श्रेष्ठ सबैसँग समान र सहज व्यवहार गर्ने नेता हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...