प्युठान । प्युठानको झिमरुक गाउँपालिकामा सत्ता गठबन्धनभित्रै कुरा नमिलेपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच चुनावी तालमेल हुने भएको छ ।
गाउँपालिका अध्यक्षलाई लिएर माओवादी राष्ट्रिय जनमोर्चाबीच सहमति नभएपछि एमाले–माओवादी गठबन्धन हुन पुगेको हो ।
एमाले–माओवादी गठबन्धनबाट माओवादी नेता पितबहादुर एमसी अध्यक्ष र एमालेबाट हुकुमबहादुर खड्का उपाध्यक्षमा उठ्ने भएका छन् । दुई दलबीच भएको सहमति गोप्य राखिएको छ ।
यस्तै, जनमोर्चा र कांग्रेसबीच तालमेल भएपछि जनमोर्चाबाट अध्यक्षमा टीकाबहादुर जिसी, उपाध्यक्षमा कांग्रेसका प्रमोद पोखरेल उम्मेदवार भएका छन् ।
यसअघिको स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा जनमोर्चाले जितेको थियो । जनमोर्चाले अध्यक्ष छोड्न नमानेपछि माओवादी र एमालेबीच गठबन्धन हुन पुगेको हो ।