पाँचखपन नगरपालिकाका मेयर राईले दिए राजीनामा

419

खाँदबारी । आसन्न स्थानीय तहको निर्वाचनका लागि पाँचखपन नगरपालिकाका मेयर विपिन राईले राजीनामा दिएका छन् ।

शुक्रबार उपमेयर भीमादेवि राईसमक्ष मेयर राईले राजीनामा पत्र बुझाएका हुन् । उनी गएको २०७४ सालमा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मेयरमा निर्वाचित उएका थिए ।

निर्वाचन आयोगले उम्मेदवार बन्न बहालवला पदबाट राजीनामा दिनुपर्ने प्रावधान राखेपछि वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार बन्न राईले राजीनामा दिएका हुन् ।

आगामी निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार हिन्दुकुमार राईसँग उनको मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...