एमाले सचिवालय बैठक बस्दै

200

काठमाडौँ । आगामी स्थानीय तह निर्वाचनका लागि देशका ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल गर्न नेकपा (एमाले)को सचिवालय बैठक बस्दै छ । आज दिउँसो बस्ने बैठकमा उम्मेदवारको मापदण्डबारे छलफल हुने एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

सत्ता गठबन्धनले महानगर र उपमहानगरको भागबन्डा टुंगो लगाएको भोलिपल्ट प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक बस्न लागेको हो ।

मूलतः बैठक स्थानीय तह निर्वाचनका उम्मेदवार र प्रतिस्पर्धी दलविरुद्ध अपनाइने रणनीतिमा केन्द्रित हुने उपमहासचिव रिमालले बताए ।

एमालेको चुनावी घोषणा पत्रको मस्यौदालाई यसअघि नै सचिवालय बैठकले अनुमोदन गरिसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...