उम्मेदवारी दर्ता गरेकै दिन एकीकृत समाजवादीका उम्मेदवारले सम्पत्ति विवरण सार्वजनिक गर्ने

337

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीको तर्फबाट स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेले सोही दिन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने भएका छन् ।

एकीकृत समजवादीले सार्वजनिक गरेको घोषणा पत्रमा उक्त कुरा उल्लेख गरेको छ । भ्रष्टाचारमुक्त स्थानीय सरकार बनाउन उक्त प्रावधान राखिएको एकीकृत समाजवादीले जनाएको छ ।

“स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दाखिला गरेकै दिन हाम्रा उम्मेदवारहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने छन्,” एकीकृत समजवादीको घोषणा पत्रमा उल्लेख छ । भ्रष्टाचार समग्र अर्थतन्त्रको गम्भीर रोग बनिसकेको जनाउँदै घोषणा पत्रमा नेपाली समाजबाट भ्रष्टाचारलाई निर्मूल गर्न अभियान सञ्चालन गरिने जनाइएको छ ।

एकीकृत समाजवादीका जनप्रतिनिधिले आफ्नो कुनै पनि रुपको सम्पत्ति सम्बन्धित स्थानीय सरकारबाट भाडामा लिने गरी परिचालन नगर्ने प्रतिवद्धता घोषणा पत्रमा गरिएको छ । आफ्नो पालिकाका विकास निर्माणमा ठेक्का लिने वा सामान आपूर्ति गर्ने खालका आर्थिक स्वार्थका काममा समेत जनप्रतिनिधिलाई सामेल नगराउने प्रतिवद्धता एकीकृत समाजवादीले गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...