महानगर र उपमहानगरको भागबन्डा गर्न गठबन्धनको ‘निर्णायक’ बैठक जारी

204

काठमाडौँ । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका पाँच दलबीच तालमेल गर्ने सहमति भइसकेको भए पनि सिट बाँडफाँटमा अझै कुरा मिल्न सकेको छैन ।

सोही विषयमा छलफल गर्न अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरुसहितको बैठक बसिरहेको छ ।

पाँच दलका शीर्ष नेतासहित कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बिहान १० बजेपछि सुरु भएको हो ।

जारी बैठकले मूलतः महानगर र उपमहानगरका प्रमुख र उपप्रमुख पदमा क–कसको उम्मेदवारी दिने भन्ने विषयमा निर्णय गर्ने भनेर यसअघि नै नेताहरुले बताएका छन् ।

पटक–पटक बैठक बसे पनि उनीहरुले आपसमा स्थानीय तहको सिट बाँडफाँटको टुंगो लगाउन सकेका छैनन् । आइतबार बसेको बैठक पनि बिना निष्कर्ष सकिएको थियो ।

स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन दर्ता हुँदै छ । मनोनयन दर्ता गर्न ६ दिन बाँकी हुँदा पनि सत्ता गठबन्धनका दलले महानगरपालिका र उपमहानगरपालिकासहितका स्थानीय तहमा उठ्ने उम्मेदवारका विषयमा सहमति गर्न सकेका छैनन् ।

Share This:
सम्बन्धित खबर
Loading...