गठबन्धन संघीय निर्वाचनसम्म : प्रचण्ड

103

कावासोती । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले संविधान विरोधीहरुले गणतन्त्रलाई उल्ट्याउन खोजेको भन्दै यो कुरा जनतालाई बुझाउन जरुरी रहेको बताएका छन् । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुलीमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले गठबन्धन संघको निर्वाचनसम्म कायम रहने बताए ।

“गठबन्धनभित्र स्थानीय तह निर्वाचनमा तालमेल गर्ने कुरा सजिलो कुरा होइन, सबैलाई आफ्नो पार्टीले धेरै पाए हुन्थ्यो भन्ने छ । तर, स्थानीय तहदेखि संघको निर्वाचनसम्म गठबन्धन कायम हुन्छ,” उनले भने ।

आउने चुनाव माओवादीका लागि चुनावमात्रै नभएर ‘ब्याटल’ (लडाइँ) भएको उनको भनाइ थियो । अध्यक्ष प्रचण्डले भने,“आउने चुनाव, हाम्रा लागि चुनाव हैन, ब्याटल हो, लडाइँ हो ।”

आउने चुनाव माओवादीले हर हालतमा जित्नुपर्ने बाध्यता भएकोसमेत उनले बताए । “आउने चुनाव माओवादीले हरहालतमा जित्नुपर्ने बाध्यता छ, अहिले माओवादीले हार्यो भने संविधान, गणतन्त्रले हार्छ, महिला, दलित, जनजाति, थारु, आदिवासी, मधेसी सबैको प्रतिनिधित्व भएको छ यसले हार्छ, सिंहदरबारको अधिकार गाउँमा ल्याइएको छ, त्यो अधिकार हार्छ,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...