काठमाडौँको विकासका लागि ‘आठ खम्बे’ मोडल सार्दै सुनिता डंगोलले सार्वजनिक गरिन् घोषणापत्र (पूर्णपाठ)

423

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने बताएकी सुनिता डंगोलले विकासका ‘आठ खम्बे’ मोडल सार्वजनिक गरेकी छन् । उनले शुक्रबार काठमाडौँ विकासका लागि आठ खम्बे विकास मोडल सार्वजनिक गरेकी हुन् ।

३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि उनले काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवारी दिन लागेकी छन् । स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीका रूपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौँ, युवा, खेलकुद, रोजगारी तथा उद्यमशीलता र रिसर्च एन्ड डेभलपमेन्टलाई उनले आठ खम्बे विकास मोडलको रूपमा अघि सारेकी छन् ।

जसअनुसार उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरूलाई अघि सारेकी हुन् । जुन योजनाअनुसार काम गर्दा काठमाडौँलाई साँच्चिकै सुन्दर, जीवन्त, सांस्कृतिक र व्यवस्थित महानगर बनाउन सकिने उनको दाबी छ ।

पूर्वमिस नेवाः समेत रहेकी डंगोलले प्रत्येक महानगरवासीका लागि अनिवार्य स्वास्थ्य बीमाको प्रबन्ध मिलाउनेदेखि लिएर युवाहरूको ब्रेनड्रेन रोक्ने योजनासमेत अघि सारेकी छिन् ।

पूर्णपाठ

घोषणापत्र
Share This:
सम्बन्धित खबर
Loading...