गण्डकीमा बिहीबार थप १०२ जनालाई संक्रमण पुष्टि

128

गण्डकी । गण्डकी प्रदेशमा थप १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ ।

प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या सात हजार ४७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।

बाग्लुङको गलकोट नगरपालिका ३ का ७२ वर्षीय कोरोन संक्रमित पुरुषको बिहीबार साँझ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक सह प्राडा. अर्जुन आचार्यले जानकारी दिए ।

यस्तै पर्वतको कुश्मा नगरपालिका ६ का ५५ वर्षीय संक्रमित पुरुषको बिहीबार बिहान चरक मेमोरियल अस्पताल, पोखराको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको छ भने पोखरा महानगरपालिका १३ का ३६ वर्षीय संक्रमित महिलाको बुधबार राति पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराकमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...