शिक्षकलाई पर्याप्त सुविधा दिन प्रतिबद्ध छौँ : मन्त्री पौडेल

260

सिन्धुपाल्चोक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पर्याप्त सेवासुविधा दिन आफू कटिबद्ध रहेको बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा बाह्रबिसे नगरपालिका–३ खुर्बासानी बजारमा आयोजित दोस्रो जिल्ला अधिवेशनमा उनले शिक्षकलाई सम्मान गरे मात्रै शिक्षा क्षेत्र सुधारिने बताए । सिन्धुपाल्चोकलगायत केही नमुना विद्यालयको उदाहरण दिँदै उनले यस्तै शैक्षिक संस्था बनाउनुपर्नेमा जोड दिए ।

त्यहाँ उपस्थित शिक्षकको गुनासो सुन्दै शिक्षामन्त्री पौडेलले देशभरको शिक्षकको गुनासो सुनेर आवश्यक पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरे ।

एकै प्रकृतिका शिक्षक हुनुपर्ने, राहत शिक्षकलाई दरबन्दीमा रुपान्तरण गरी आन्तरिक प्रतिस्पर्धा गरी स्थायी गरिनुपर्ने र उमेर हद पुगेका शिक्षकको सम्मानलगायत माग शिक्षामन्त्री सामु राखिएको थियो । शिक्षामन्त्री पौडेलले विद्यालय समयभित्र राजनीति नगर्न आग्रहसमेत गरे ।

Share This:
सम्बन्धित खबर
Loading...