देउवा प्रधानमन्त्री नभइ कांग्रेस सभापतिको नाताले भाजपा मुख्यालय जानुभएको हो : मन्त्री खड्का

312

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीस्तरको सम्बन्ध बढाउन भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को मुख्यालयमा गएको बताएका छन् ।

आइतबार साँझ प्रधानमन्त्री देउवा भारत भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा.खड्काले देउवा नेपालको प्रधानमन्त्री नभइ नेपाली कांग्रेसको सभापतिका नाताले भाजपा मुख्यालयमा गएको बताए ।

“नेपाली कांग्रेसले अन्य देशका विभिन्न पार्टीसँग पनि मैत्रीपूर्ण सम्बन्ध राख्दै आएको छ । चीनको कम्युनिस्ट पार्टीसँग पनि कांग्रेसको राम्रो सम्बन्ध छ । भारतको कांग्रेस आईसँग राम्रो सम्बन्ध छ,” उनले भने,“अहिले भाजपा मुख्यालयमा उहाँ प्रधानमन्त्री भएर जानुभएको होइन नेपाली कांग्रेसको सभापति भएको नाताले जानुभएको हो ।”

भारत भ्रमणमा गएकै दिन गत शुक्रबार साँझ प्रधानमन्त्री देउवा भाजपा मुख्यालयमा गएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...