काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगद्वारा सञ्चालित प्राथमिक तह परीक्षा केन्द्रको निरीक्षण गरेका छन् ।
शनिबार ललितपुरस्थित नमुना मछिन्द्र माध्यमिक विद्यालय, त्रिपद माध्यमिक विद्यालय र मदन स्मारक माध्यमिक विद्यालय केन्द्रको निरीक्षण गरेका हुन् ।
शनिबार सञ्चालन भएको प्राथमिक तहको परीक्षा निरीक्षण गर्दै परीक्षालाई मर्यादित र विश्वसनीय बनाउन निर्देशन दिए ।
परीक्षा सम्पन्न गरेकोमा मन्त्री पौडेलले शिक्षक सेवा आयोगलाई धन्यावाद ज्ञापनसमेत गरे ।
शिक्षक सेवा आयोगले लिएको परीक्षामा माध्यमिक तह परीक्षामा ३६ हजार, निमावि तहमा ८६ हजार बढी र प्राथमिक तहमा १ लाख ३५ हजार बढी परीक्षार्थी सहभागी भएको आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले जानकारी दिए ।
उनले परीक्षा अमर्यादित क्रियाकलापरहित सम्पन्न भएको जानकारी दिए ।