काठमाडौँ । विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ ओटा हिम चुचुराहरु आरोहण गरेर विश्वमा कीर्तिमान राखेका नेपाली आरोही निर्मल पुर्जाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग बिहीबार भेट गरेका छन् ।
भेटका क्रममा अध्यक्ष प्रचण्डले आरोही पुर्जाका साहस र अनुभव सुनेर उनलाई थप सफलताको लागि हौसला प्रदान गर्दै विश्वका चमत्कारी र साहसिक सेलिब्रेटी बन्न सफल भएकोमा बधाइ दिए ।
अध्यक्ष प्रचण्डले साहसकि आरोही पुर्जाका हिमाल आरोहणका अनुभुतिबारे जिज्ञासा राखेका थिए । उनले हिमाल आरोहणमा नेपाली आरोहीले व्यहोरेका समस्या र तिनका समाधानका बारेमा पनि जिज्ञासा राखेका थिए ।
पुर्जाले आफूले देशका लागि अझै यस्तै अन्य कीर्तिमान कायम गर्ने कार्यहरु गरी देशको नाम राख्ने बताए ।
आरोही पुर्जाले ६ महिना ६ दिनमा ८ हजार मिटरभन्दा अग्ला १४ ओटा हिम चुचुरा आरोहण गरेर कीर्तिमान राखेका थिए ।