काठमाडौँ । नेकपा (माओवादी केन्द्र) नेता वर्षमान पुन उपचारका लागि चीन प्रस्थान गरेका छन् ।
हिमालयन एयरलाइन्सको कार्गो जहाजमार्फत् पुन पत्नी ओनसरी घर्तीका साथ चीन गएका हुन् । नियमित उपचारमा संलग्न डा.रोशन पोखरेल पनि चीन गएका छन् ।
पुस्तैनी जन्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनमा रहेको थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए ।
स्वास्थ्य अवस्था सामान्य रहेपनि चीनबाट फर्किनुअघि चिकित्सकले दुई महिनापछि फलोअपमा आउन भनेकाले जान लागेको पुन पत्नी घर्तीले जानकारी दिइन् । पुन स्वास्थ्य जाँच गरी चर दिनपछि स्वदेश फर्कने कार्यक्रम छ ।