प्रधानमन्त्री देउवा चैत तेस्रो साता भारत भ्रमणमा जाने

259

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा चैतको तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री देउवाले चैत १८ देखि २० गतेसम्म भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा औपचारिक भारत भ्रमण जान लागेका हुन् । प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ ।

स्रोतका अनुसार बिहीबार साँझसम्म प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक निर्णय हुने सम्भावना छ । भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले संयुक्तरुपमा जनकपुर–जयनगर रेल सेवा शुभारम्भ गर्ने तयारी छ ।

यसअघि भाइब्रेन्ट गुजारत सम्मेलनमा सहभागि हुन प्रधानमन्त्री देउवा गत जनवरीमै भारत जाने तय भएको थियो । कोरोनाको तेस्रो लहरका कारण सो सम्मलेन स्थगित भएपछि प्रधानमन्त्री देउवाको भ्रमण रोकिएको थियो ।

लामो समयदेखि भारतमा नेपाली राजदूत रिक्त रहँदै आएको थियो । हालै डा.शंकरप्रसाद शर्मा भारतका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...