यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

274

काठमाडौँ । सरकारले भारत र चीनलगायत कुनै पनि मित्र राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी अनुमोदन गराउन सहयोग गर्नु सबैप्रति धन्यवाद व्यक्त गर्दै सबै मुलुकहरुसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मित्र राष्ट्रहरु भारत एवम् चीनलगायत कुनै पनि राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धत व्यक्त गरको जानकारी दिए ।

बैठकले पेट्रोलियम पदार्थ र ग्यासका विषयमा नेपाल भारतबीचको तेश्रो बैठक आपसी सझदारीबाट गर्ने र उक्त बैठकमा सहभागी हुन उद्योग मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ ।

त्यस्तै, बैठकले विभिन्न प्रसारण लाइन आयोजनका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन अधिकारी तोक्ने निर्णय पनि गरेको प्रवक्ता कार्कीले बताए ।

मन्त्रिपरिषद्ले खानेपानी महसुल निर्धारण आयोगको अध्यक्षमा भूपेन्द्रप्रसाद अर्याललाई नियुक्त गरेको छ । राजनीतिक पूर्वाग्रह द्वन्द्व तथा आन्दोलनका कारण हटाइएका शिक्षकहरु तथा कर्मचारीका विषयमा जाँचबुझ गर्न गठित समितिको निष्कर्ष र राय सुझाव कार्यान्वयनका लागि शिक्षा मन्त्रालयलाई स्वीकृति दिने निर्णय पनि बैठकले गरेको प्रवक्ता कार्कीले बताए ।

मन्त्रिपरिषद्ले राष्ट्रिय राजमार्ग छेउमा पेट्रोल डिजेल तथा एलपी ग्यास फिलिङ स्टेसन स्थापनासम्बन्धी मापदण्ड, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी गर्ने निर्णय गरेको छ भने रेडियोधर्मी नियमावली स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...