मेचीनगर प्रमुख कोरोना उपचारका लागि भारत

190

झापा । मेचीनगरका प्रमुख विमल आचार्यलाई कोभिड–१९ को थप उपचारका लागि आज भारतको सिलिगुढी लगिएको छ ।

कोभिड–१९ बाट १६ दिनअघि संक्रमित भएपछि उनी केही दिन होम आइसोलेसन र त्यसपछि लगातार विराटनगरको नोबेल हस्पिटलमा उपचाररत थिए ।

मधुमेहका बिरामी उनलाई स्वास्थ्य झन कमजोर हुँदै गएपछि मंगलबार साँझ एम्बुलेन्समार्फत काँकडभिट्टा हुँदै सिलिगुढी लगिएको परिवारले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...