काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।
योसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य १४५ र डिजेल र मट्टितेलको १२८ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।
निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने नबढाइएको जनाएको छ ।