रञ्जु दर्शनाले गरिन् इंगेजमेन्ट

298

काठमाडौँ । विवेकशील साझा पार्टीकी नेतृ दर्शनाले इंगेजमेन्ट गरेकी छन् । उनले किशोर कुइकेल (किसु)सँग इंगेजमेन्ट गरेकी हुन् । दर्शले सामाजिक सञ्जालमार्फत् सारा ब्राह्मणडलाई साक्षी राखेर टीका कार्यक्रम सम्पन्न गरेको जनाएकी छन् ।

“आजदेखि जीवनको अर्को एउटा सुन्दर यात्राको शुभारम्भ भएको छ । दियो कलश र गणेश भगवान एवम् परिवारका सदस्यहरू, निकट साथीहरु र सारा ब्राह्मणड साक्षी राखी फूलमाला, टीका कार्यक्रम सम्पन्न गरेका छौँ,” उनले लेखेकी छन्, “तपाईंहरूको आशीर्वाद र शुभकामनाको लागि हृदयदेखि कृतज्ञ ज्ञापन गर्न चाहन्छु । मायाको यात्रामा एक सशक्त जीवन साथी बनी हरदम साथ दिने मेरो हरेकदिन प्रयास रहने छ किसु। तिम्रो जीवनमा, परिवार मलाई खुल्ला हृदयले स्वागत गरेकोमा धेरै धन्यवाद किसु ।”

उनको विवाह कहीले हुने भन्ने खुलाइएको छैन । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा उठेपछि उनी चर्चामा आएकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...