क्यालिब्रेसन फ्लाइटका लागि आइपुग्यो एरो थाइको विमान

275

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गर्ने जहाज भैरहवा आइपुगेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारदेखि क्यालिब्रेसन उडानको तयारी छ । विमानस्थल आयोजना प्रमुख इञ्जिनियर प्रवेश अधिकारीले शुक्रबारदेखि परीक्षण उडान हुने जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसका लागि आन्तरिक तयारी पूरा गरिसकेको छ । विमानस्थल निर्माणले पूर्णता पाएसँगै सञ्चालनका लागि ‘क्यालिब्रेसन फ्लाइट’ हुन लागेको हो ।

विमानस्थल निर्माण आयोजना अन्तर्गत आइसिबी जिरो २ का प्रमुख इञ्जिनियर प्रविन न्यौपानेले विमानस्थलको भौतिक निर्माण कार्य सम्पन्न भइसकेपश्चात क्यालिब्रेसन फ्लाइट गर्न लागिएको बताए ।

उनले करिब ७ देखि १० दिनसम्म एरो थाइको विमानले क्यालिब्रेसन फ्लाइटको काम गर्ने धारणा राखे ।

Share This:
सम्बन्धित खबर
Loading...