काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको छ ।
बिहीबार काठमाडौँमा सडकमा नै चिया पकाएर युवा संघले मूल्यवृद्धिको विरोध गरेका हुन् । उनीहरुले मुल्यवृद्धिको विरोधमा प्रतिकात्मक स्वरुप आइरन, मोटरसाइकल, स्कुललगायतका सवारीसाधानलाई फलामको भाउमा बिक्रीमा राखेका थिए ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले अन्य क्षेत्रमा पनि असर पारेको र यसले सर्वसाधारणको जनजीवन प्रभावित भएको भन्दै विरोध प्रदर्शन गरिएको युवा संघका संगठन विभाग प्रमुख क्षितिज थेवेले जानकारी दिए ।
उनले मर्यादाविपरीतको अभियव्यक्ति सार्वजनिक भएको भन्दै पर्यटनमन्त्री प्रेम आलेको बर्खास्तीको माग पनि गरे ।
युवा संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिलगायतका विषयमा निरन्तर रुपमा सरकारविरुद्ध प्रदर्शन गर्ने जनाएको छ ।