एनआरटी र हिमालयन शेर्पा बराबरीमा रोकियो
काठमाडौँ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाडेको छ ।
आइतबार भएको खेलमा एनआरटी र हिमालयनले गोलरहित बराबरी खेल्दै अंक बाडेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले खेल अवधिभर गोलको अवसर निकाल्न सकेनन् ।
एनआरटीको तुलनामा हिमालयनले बल पोजेसनमा पकड जमाएको थियो । तर, गोल निकाल्न सकेन् ।
यस बराबरीसँगै एनआरटीले १० खेलमा १४ अंक जोडेको छ । हिमालयन १० खेलमा १२ अंक जोडेर आठौँ स्थानमा रहेको छ ।
खेलमा हिमालयनका आशिष गुरुङ प्लेयर अफ दि म्याच चुनिए । एनआरटीका सनम लिम्बू इमर्जिङ प्लेयर चुनिए ।