राप्ती सोनारीको दशौँ गाउँसभा सुरु, पाँच वटा विधेयक पेस

377

काठमाडौँ । बाँकेको राप्ती सोनारी गाउँपालिकाको दशौँ गाउँसभा बिहीबारदेखि सुरु भएको छ । सभामा विभिन्न ५ वटा विधेयक पेस गरिएको छ ।

गाउँपालिकाले भूमि, स्वास्थ्य तथा सरसफाइ, कृषि तथा पशुपन्क्षी, खानेपानी तथा सरसफाइ र स्वच्छता र नमुना वनसम्बन्धी विधेयक पेस गरेको हो ।

गाउँपालिकाका विधायन समितिका संयोजक एवम् वडा नम्बर ३ का वडाअध्यक्ष गंगाराम थारुले सभामा उक्त विधेयकहरु पेस गरेका हुन् ।

सभामा पेस गरिएका विधेयकहरु अध्ययन गर्नका लागि सभामा उपस्थित सदस्यहरुलाई वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा बसेको गाउँसभामा गाउँपालिकाले गरेका कामको समीक्षा र भावी योजना तथा कार्यक्रमका बारेमा छलफल भएको अधिकृत लोकबहादुर शाहीले जानकारी दिए ।

उक्त सभा आगामी फागुन २ गते पुनः बस्ने गरी स्थगित भएको जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...