सराना श्रेष्ठको ‘मिठो बोली’ सार्वजनिक [भिडियो]

320

काठमाडौँ । गायिका सराना श्रेष्ठको स्वरमा नयाँ गीत ‘मिठो बोली’ सार्वजनिक भएको छ ।

आइतबार सार्वजनिक भएको गीतमा दीपक शर्माको शब्द र संगीत तथा राजेन्द्र बजगाईंको एरेञ्ज छ । गीतको भिडियोमा निराजन प्रधान, उषा उप्रेती र सराना श्रेष्ठको अभिनय छ ।

यस गीतमा श्रीमतीले आफ्नो श्रीमानबाट सधैँ राम्रो व्यवहार र मीठो बोलीको अपेक्षा राखेको भिडियोमा देख्न सकिन्छ । तर, यो अपेक्षा विपरीत श्रीमानले सधैँ उनलाई बेवास्ता गर्छन् । पछि भने उनले श्रीमतीलाई दिएको दुःख र व्यस्त हुँदा गरेको हेलाबाट आफूलाई पछुतो भएको भिडियोमा दर्शाइएको छ ।

भिडियोमा रमेश थापाको सम्पादन, प्रविण मानन्धरको कलर, सुरेन्द्र बसेलको कोरियोग्राफी, हरि हुमागाईंको छायांकन र सराना श्रेष्ठकै निर्देशन छ ।

भिडियो हाई वेभ इन्टरटेनमेन्ट युटुब च्यानलमार्फत् सार्वजनिक भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...