बर्दिया । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको महामारी फैलिरहेका बेला बर्दियामा चलिरहेका धार्मिक मेला, हाटबजार बन्द भएपनि भारतीय सीमावर्ती बजारहरुमा नेपालीहरुको घुइचो लागेपछि मुख्यबाहेकका खुला नाकाहरु बन्द गर्नुपर्ने मागगर्दै व्यवसायीहरुले ध्यानाकर्षण गराएका छन ।
जिल्लाका ८ वटै उद्योग वाणिज्य संघका अध्यक्षहरुले संयुक्त हस्ताक्षर गर्दै कडाइका साथ नाका बन्द गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका हुन् ।
खुला सिमानाका रहेको बर्दिया जिल्लामा कोरानो भाइरस महामारीको रुप लिन सक्ने भन्दै ध्याकर्षण गराइएको छ ।
करिब ८३ किमि खुला सीमा रहेको बर्दियामा अवैध नाका प्रयोग गरी सामाना खरिद विक्री गर्ने कार्य तत्काल बन्द गर्न बर्दिया प्रशासनलाई ध्यानाकर्षण गराइएको हो ।
अवैध नाकाबाट भइरहेको चोरी पैठारी र संक्रमण रोगको जोखिम बढेको भन्दै प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारलाई बर्दियाका व्यवसायीले ध्यानाकर्षण पत्र बुझाइएको उद्योग वाणिज्य संघ बर्दियाका अध्यक्ष देवेन्द्र पाण्डेले बताए ।
ध्यानकर्षण पत्र बुझदै प्रमुख जिल्ला अधिकारी सुनारले खुला सिमानाकाले संक्रमणको दर बढ्ने तथा चोरी पैठारी हुँदा आन्तरिक व्यापारी मुकदर्शक हुने प्रति बर्दिया प्रशासन गम्भीर रहेको बताउँदै थप सुदृढ पादै लैजाने प्रतिबद्धता व्यक्त गरे ।