आजदेखि उपत्यकामा ‘स्मार्ट लकडाउन’, के–के गर्न पाइने र नपाइने [सूचीसहित]

283

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले ‘स्मार्ट लकडाउन’ लागु गरेको छ । मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले ‘स्मार्ट लकडाउन’सहित ​ कडाइ गर्ने निर्णय गरेको हो ।

उपत्यकामा आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको छ । स्मार्ट लकडाउनको आदेश मंगलबार मध्यराति १२ बजेदेखि लागु भएको छ ।

सिसिएमसी र गृह मन्त्रालयको सर्कुलर अनुसार आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको ललितपुरका
प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।

सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य गर्ने, साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउने जिल्ला प्रशासन कार्यालय काठमाडौँको सूचनामा उल्लेख छ ।

यस्तै भिडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाउने, सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने, सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने, माघ १५ सम्म विद्यालय गर्नेलगायत निर्णय भएको छ । यही निर्णयलाई ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले पनि लागु गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...