नारायणहिटीभित्र रेष्टुरेन्ट बन्दैन : मन्त्री आले

335

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नारायणहिटठी दरबारभित्र रेष्टुरेन्ट नबन्ने बताएका छन् । बिहीबार बालुवाटारमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री आलेले यस्तो बताएका हुन् ।

“नारायणहिटीभित्र बन्ने भनिएको रेष्टुरेन्ट एक दुई दिनका लागि रोकिएको होइन,” उनले भने,“त्यहाँ रेष्टुरेन्ट बन्दैन ।”

यसअघि नारायाणहिटीभित्र बतास कम्पनीले रेष्टुरेन्ट बनाउने भनिएको थियो । तर, यसलाई मन्त्री आलेले रोकेका थिए । मन्त्री आलेले भने,“म जनसेवा गर्नेगरी राजनीतिमा आएको हुँ । मेरो मन्त्रालयभित्र जति पनि विकृति विसंगतिहरु छन्, त्यसलाई हटाउन लागिपर्ने छु ।”

Share This:
सम्बन्धित खबर
Loading...