एजेन्सी । डेनमार्कमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट कम्तिमा १८ जनाको मृत्यु भएको बताइएको छ । यहाँका स्वास्थ्यकर्मीले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महिनाको अन्तिमसम्म यहाँ ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भएको बताएका छन् ।
डेनमार्कसहित फ्रान्स, ग्रीस, पोर्चुगल, इटाली, बेलायतलगायत अन्य युरोपेली देशमा पछिल्ला हप्ताहरुमा उच्च संख्यामा संक्रमित भेटिएका समाचारहरु आइरहेको बताइएको छ ।
पछिल्ला दिनमा क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसको जमघटका कारण पनि युरोपमा कोभिड तीव्र गतिमा फैलिएको बताइएको छ ।
यता डेनमार्कमा भने ओमिक्रोनका संक्रमण बढ्दै गएको अधिकारीहरुले जानकारी दिएका छन् ।