एमालेले संसदीय मर्यादा उल्लंघन गर्‍यो : माधव नेपाल

275

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेले संसदीय मर्यादा उल्लङ्घन गरेको आरोप लगाएका छन् ।

पार्टीको समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चको घोषणासभालाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै नेपालले सांसद्हरुले बोल्न पाउने अधिकारलाई हनन गर्दै संसद बैठक अवरोध गरेर एमालेले संसदीय मर्यादा उलंघन गरेको आरोप लगाएका हुन् ।

उनले पटक–पटक विघटन भएर पुनःस्थापित संसद्लाई एमालेले निरर्थक बनाउने प्रयास गरिरहेको पनि बताए । अध्यक्ष नेपालले एमाले प्रतिगमनको मतियार भएको र नेपाललाई इतिहासको पछाडि ढकेल्न खोजेको तर्क गरे ।

नेपालमा गणतन्त्रामक संविधान भएकै कारण संविधान ओलीलाई मन नपरेको उनको भनाइ छ । उनले एमाले नेतृत्वको सरकारले तीन वर्ष बेकारमा खेर फालेको धारणा राखे ।

कार्यक्रममा अध्यक्ष नेपालले समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चका पदाधिकारीलाई शपथ खुवाएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...