सहमहामन्त्रीमा उम्मेदवारी दिने कर्णालीका मुख्यमन्त्री शाहीको घोषणा

303

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशनमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

केन्द्रीय सदस्यसमेत रहेको उनले सहमहामन्त्री पदमा उम्मेदवारी दिने जानकारी दिए । कर्णाली प्रदेशको भूगोल कोटाबाट उम्मेदवारी दिने उनले घोषणा गरेका छन् ।

यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौँमा कांग्रेसको १४औँ महाधिवेशन हुँदै छ । मंसिर २५ मा उम्मेदवारीको मनोनयन दर्ता गर्ने निर्वाचन कार्यतालिका छ ।

उनी कांग्रेस कणालीको संस्थापक सभापति हुन् । २२ वर्षको उमेरमा कांग्रेस हुम्लाको उनी पहिलो सभापति बनेका थिए । त्यसयता २६ वर्ष लगातार जिल्ला सभापति भएर काम गरेका शाही ११औँ, १२औँ र १३औँ महाधिवेशनमा केन्द्रीय सदस्य भएका थिए ।

उनी २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनबाट सांसद् निर्वाचित भएका थिए । ०७४ को निर्वाचनमा उनी प्रदेश सांसद् भएका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...