एमाले १०औँ महाधिवेशन : निर्वाचनमा खस्यो २११४ मत

186

काठमाडौँ । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि मतदानमा २ हजार ११४ मत खसेको छ ।

निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले कुल २ हजार १५३ मतदातामाध्ये २ हजार ११४ मत खसेको जानकारी दिए । एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार बिहानदेखि मतदान भएको थियो भने अब मतदान सकिएसँगै मतगणनाको तयारी भइरहेको छ ।

एमालेमा अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान भएको हो ।

एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली र डा.भीम रावल प्रतिस्पर्धामा छन् । यस्तै, ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा‘बादल’, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र युवराज ज्ञवाली भिड्दैछन् ।

यसैगरी सचिवतर्फ ७ पदमा पनि ओलीले बनाएका पदाधिकारीबाहेक भीम आचार्य र टंक कार्कीको उम्मेदवारी परेपछि मतदान भएको हो । ओलीले लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, टोपबहादुर रायमाझी र छबिलाल विश्वकर्मालाई पदाधिकारी बनाएका थिए । ओलीका उक्त सूचिमा टोपबहादुर रायमाझी र लेखराज भट्ट पूर्वमाओवादी पृष्ठभूमिका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...