गगन थापालाई ओलीको जबाफ : एमालेलाई सिध्याउने सपना नदेखे हुन्छ

164

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोहीले चाहँदैमा एमालेलाई सिध्याउन नसक्न् बताएका छन् ।

मध्यपुरथिमि नगरपालिकाले दुई पोखरीमा आयोजना गरेको तिहारको शुभकामना आदानप्रदान तथा ‘गन्तव्य मध्यपुथिमि’ पुस्तकको विमोचन कार्यक्रममा उनले कसैले चाहँदैमा एमाले पार्टी सिध्याउन नसक्ने उल्लेख गरे ।

उनले नेपाली कांग्रेसका नेता गगनकुमार थापालाई लक्षित गर्दै भ्याकुम लगाएर एमाले सक्ने सपना नदेख्न आग्रह गरे । अध्यक्ष ओलीले कांग्रेस नेता थापाले भक्तपुरको एक कार्यक्रममा केही दिनअघि आउँदो चुनावमा भक्तपुरबाट ‘क्लिन स्विप’ गर्ने कुराको उत्तर दिँदै ओलीले कांग्रेस कहाँ पुग्यो भन्ने कुराको विचार गर्न आग्रह गरे ।

“एक जना बाबुले भ्याकुम लिएर भक्तपुरतिर आउने र भ्याकुम क्लिनरबाट एमाले सिध्याउने कुरा गरेछन्, भ्याकुम क्लिनर ल्याएर एमाले सक्ने रे ! बिचरा, एमाले सिध्याउने भ्याकुम क्लिनर रे, सिंगै कांग्रेस कहाँ गयो ? भ्याकुम क्लिनर रे एमाले सिध्याउने सपना तिनीहरुका, म त्यसमा अरु केही भन्न चाहन्न,” ओलीले भने ।

ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफूलाई गणतन्त्र विरोधी भनेको सन्दर्भ कोट्याउँदै उनले प्रचण्डको भन्दा २५ वर्षअघि आफू गणतन्त्रको कुरा उठाउँदा जेल परेको बताए । उनले प्रचण्डलाई कुरुक्षेत्रको धाक नलगाउन पनि आग्रह गरे । अध्यक्ष ओलीले कुरुक्षेत्र बनाउने भनेर तर्साउन खोज्नेहरुलाई पराजित गरेरै यहाँसम्म आइपुगेको बताए ।

“अनेक प्रकारका झुठा र भ्रमपूर्ण कुरा फैलाउनु पर्दैन, कुरुक्षेत्र बनाउने भनेर धम्क्याउनु पर्देन । नेपालमा अब शान्ति क्षेत्र, धर्म क्षेत्र हुन्छ,” ओलीले भने । उनले मुलुकमा बिकासको काममा असाधारण काम गरे पनि सरकारबाट हटाइएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...