राखेपको सदस्य सचिवमा विष्णु ढकाल नियुक्त

351

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिवकाे जिम्मेवारी विष्णु कुमार ढकाललाई दिइएको छ।

युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमित्त सचिव डा. कमलप्रसाद पोखरेलले जानकारी दिए ।

युवातथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजको अध्यक्षतामा मंगलबार बसेको मन्त्री स्तरीय बैठकले खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई अर्को व्यवस्था नहुँदासम्मका लागि राखेपको सदस्य सचिवको जिम्मेवारी दिइएको पोखरेलले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...