रामचन्द्र पौडेलले मागे प्रधानन्यायाधीश जबराको राजीनामा

77

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिन सुझाव दिएका छन् ।

पौडेलले प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिएमात्रै सम्मानजनक बहिर्गमन हुने स्पष्ट पारे ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति मकवानपुरले मंगलबार बिहान हेटौंडामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीश जबराले केही दिनअघि आफ्नो सम्मानजनक बहिर्गमनको कुरा गरेको उल्लेख गर्दै त्यसका लागि उनले छिटो राजीनामा दिनुपर्ने बताए ।

पौडेलले ढिलाइ गर्दै गए जबराको बहिर्गमन अपमानजनक हुने संकेत गरे । उनले प्रधानन्यायाधीशसँग सेटिङ गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्लाई ध्वस्त पारेको, संविधानको आत्ममाथि नै प्रहार गरेको आरोप लगाए ।

“अरु संस्था त ध्वस्त भए, भए । देशको एउटा जनताको न्यायको अन्तिम मन्दिर आज सर्वोच्च अदालत पनि ध्वस्त भइरहेको छ । सर्वोच्च अदालतको यो हालत भइरहेको छ,” उनले भने,“संविधानको आत्ममाथि प्रहार गरेको साँक्षी बस्ने प्रधानन्यायाधीशले सेटिङ गरेको हो कि होइन ? आज सर्वोच्च अदालतको के हालत भइरहेको छ ? यो अवस्थामा देश किन पुग्यो ?”

Share This:
सम्बन्धित खबर
Loading...