विमलेन्द्र निधिलाई कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी

158

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि पार्टीको कार्यवाहक सभापति तोकिएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा स्कटल्यान्डको ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर समिट’मा सहभागी हुन शुक्रबार त्यसतर्फ गएसँगै निधि कार्यवाहक सभापति तोकिएका हुन् ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधानको धारा २५ को उपधारा १३ बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि निधिलाई पार्टीको कार्यवाहक सभापति तोकेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...