बाढी पीडित किसानलाई ६५ प्रतिशतसम्म राहत दिने सरकारको निर्णय

153

काठमाडौँ । सरकारले बेमाैसमी वर्षाका कारण बाढी, पहिरो र डुवानका कारण धानबालीमा क्षति व्यहोरेका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ ।

बिहीबार बसेकाे मन्त्रिपरिषद्  बैठकले १० कठ्ठाभन्दा कम जग्गा भएका साना किसानलाई क्षतिको ६५ प्रतिशत, १० कठ्ठादेखि ३ बिघासम्म जग्गा भएका मध्यम वर्गको किसानलाई क्षतिको ३० प्रतिशतसम्म र ३ विघादेखि बढी जग्गा भएका किसान अथवा आंशिक क्षति भएका किसानलाई क्षतिको २० प्रतिशत राहत दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

धानको न्यूनतम समर्थन मूल्य कायम गर्दा निर्धारण भएको उत्पादन लागतका आधारमा किसानले राहत पाउने प्रवक्ता कार्कीले जानकारी दिए ।

यस्तै, बैठकले महालेखा परीक्षकको कार्यालयमा रिक्त महालेखा परीक्षक राजपत्राङ्कित विशिष्ट श्रेणीमा महेश्वर काफ्ले र बामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ ।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई भारतका भ्रमका लागि स्वीकृति दिने र सेनाका उपरथी सरोजप्रताप राणालाई रथी पदमा बढुवा गर्ने निर्णय पनि भएको प्रवक्ता कार्कीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...