काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशनमा आफू सभापति पदको स्वभाविक उम्मेदवार भएको बताएका छन् । तर, आफ्नो समूहमा यसबारे कुराकानी हुन बाँकी नै रहेको उनले उल्लेख गरेका छन् ।
“म पार्टीभित्र स्वभाविक रुपमा सभापतिको उम्मेदवार हुँ,” आज बाँकेमा पत्रकारहरुसँग उनले भने,“१३औँ महाधिवेशनमा पनि म नै सभापतिको उम्मेदवार थिएँ , यसपालि पनि टिममा छलफल गरेपछि निर्णय हुन्छ । स्वभाविक रुपमा म सभापतिको उम्मेदवार हुँ ।”
टिमभित्र अन्य नेताहरुले पनि सभापति पदमा उठ्ने इच्छा राखे पनि छलफलबाटै एकजना मात्रै उम्मेदवार हुने उनले बताए ।
उनले महाधिवेशन तयारीबारे थप छलफल गर्न आफूले दसैँअगाडि नै केन्द्रीय समिति बैठक राख्न माग गरेको बताए । समयमा महाधिवेशन हुन नसक्दा पार्टी नै वैधानि संकटमा परेको उनी बताउँछन् ।