टी–२० विश्वकपः अष्ट्रेलियाको विजयी सुरुवात, दक्षिण अफ्रिका ५ विकेटले पराजित

160

काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत अष्ट्रेलियाले विजयी सुरुवात गरेको छ । शनिबार भएको सुपर–१२ को पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गर्दै सुखद् सुरुवात गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको ११९ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले २ बल बाँकी रहँदा ५ विकेटको क्षतिमा पूरा गर्यो । अष्ट्रेलियाको जितमा स्टेभन स्मिथले ३५ रनको योगदान दिए ।

सामान्य सुरुवात गरेको अष्ट्रेलियाका कप्तान आरोन फिन्च शून्य रनमै आउट भए । यस्तै अर्का ओपदार डेविड वार्नर ११ रन बनाउँदै आउट भए । चौथो नम्बरमा ब्याटिङमा आएका स्मिथले सम्हालिएको प्रदर्शन गर्दै ३४ बलमा ३ चोकासहित ३५ रन जोडे ।

अष्ट्रेलियाका मर्कूस स्टोइनिसले २४ तथा म्याथू वेडले अविजित रहँदै क्रमशः २४ र १५ रनको योगदान दिए । ग्लेन म्याक्सवेलले १३ रन र मिचेल मार्सले ११ रन जोडे ।

यसअघि, अबधाबीस्थित शेख जायद स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका एडिन मार्क्रामले सर्वाधिन ४० रन बनाए । यसैगरी, कगिसो रबडाले १९, डेविड मिलरले १६ रनको पारी खेले ।

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा अष्ट्रेलियाका मिचेल स्टार्क, जोस हेजलवूड र एडम जाम्पाले समान २–२ तथा ग्लेन म्याक्सवेल र प्याट कमिन्सले एक–एक विकेट हात पारे ।

Share This:
सम्बन्धित खबर
Loading...