ओलीले १० बुँदेको ट्याउँ–ट्याउँ भन्न थाले, साथीहरुको हरिबिजोग भयो : माधव नेपाल

349

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति कार्यान्वयन हुने आशमा एमालेमा बसेकाहरुको बिजोग भएको बताएका छन् ।

सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क मञ्चले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमालेमा बस्नेहरु केपी शर्मा ओलीको आदेशपालक हुनुपर्ने पनि बताएका छन् ।

“एमालेमा ओलीको आदेश पालना गर्ने मात्रै टिक्न सक्छन् । उनीहरुले मात्रै स्याबासी र पद पाउँछन्,” नेपालले भने,“ओलीको आदेश नमान्दा कति ट्याउँ–ट्याउँ गरेको भनिन्छ । १० बुँदेमा पनि अहिले कति ट्याउँ–ट्याउँ गरेको भन्दैछन् । १० बुँदे कार्यान्वयन हुने आशमा एमालेमा बसेका साथीहरुको कस्तो हरिबिजोग, देख्नुहुँदै छ नि !”

उनले नेताहरुको सम्मान नगर्ने, कुनै छलफल नगर्ने शैलीकै काराण एमालेबाट विद्रोह गरेको बताए । “ओलीले नेताहरुको सम्मान गर्दैनन् । कुनै छलफल पनि गर्दैनन् । त्यहीकारण हामीले विद्रोह गर्यौँ,” उनले भने,“ओलीसामु त्यहाँ कसैको मान मर्यादा हुँदैन । सम्मान पनि गरिँदैन । ओलीको त्यही व्यवहारका कारण हामी विद्रोह गरेर नयाँ यात्रामा छौँ ।”

Share This:
सम्बन्धित खबर
Loading...