काठमाडौँ । नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहीबार दिउँसो ३ बजे बैठक बस्ने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
बैठकमा पार्टीका स्थानीय अधिवेशन, पालिका अधिवेशनलगायत विषयमा छलफल हुने कार्यक्रम रहेको उनले बताए ।
मुख्यगरी बैठकमा विधान महाधिवेशनको समीक्षा, कात्तिक ६ गते हुने वडा अधिवेशन, कात्तिक ९ गते हुने पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र हालै अविरल वर्षाका कारण भएको जनधनको क्षतिका सम्बन्धमा छलफल हुने बताइएको छ ।