टी–२० विश्वकप : श्रीलंकाको विजयी सुरुवात

127

काठमाडौँ । नामिबियालाई पराजित गर्दै आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकाले विजयी सुरुवात गरेको छ । सोमबार राति आबुधाबीमा भएको खेलमा श्रीलंकाले नामिबियालाई ७ विकेटले पराजित गरेको हो ।

९७ रनको सामान्य लक्ष्यसहित जबाफी ब्याटिङमा आएको श्रीलंकाले १३.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

श्रीलंकाको जितमा भानुका राजपाक्षेले अविजित रहँदै सर्वाधिक ४२ रन बनाए । यस्तै, अभिष्का फर्नान्डोले अविजित ३० रन बनाए ।

नामिबियाका रुबिन ट्रम्प्लेमान, बेर्नार्ड स्कोल्ट्स र जेजे स्मिथले समान १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले १९.३ ओभरमा अलआउट हुँदै ९६ रन बनाएको थियो । नामिबियाका लागि क्रेग विलियम्सले सर्वाधिक २९ रन जोडे ।

नामिबियाको ब्याटिङ ध्वस्त बनाउने क्रममा श्रीलंकाका महेश थिक्शानले ३ विकेट लिए ।

मंगलबार नै भएको अर्को खेलमा आयरल्यान्डले विजयी सुरुवात गरेको छ । आयरल्यान्डले नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...