राखेप सदस्य सचिव रमेश सिलवाल बर्खास्त

330

काठमाडौँ । सरकारले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिलवालको बर्खास्तीको प्रक्रिया अघि बढाउने अनुमति दिएको छ ।

२३ असार २०७६ मा पहिलो पटक राखेप सदस्य सचिव नियुक्त भएका सिलवाल राष्ट्रिय खेलकुद ऐन, २०७७ का कारण एक वर्षमै पदमुक्त भएका थिए ।

उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले १२ साउन २०७७ मा पुनः राखेपको सदस्य सचिवमा नियुक्त गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...