नेपालको इतिहास रच्ने सपना अधुरै, भारत ३–० ले विजयी

466

काठमाडौँ । नेपाललाई पराजित गर्दै भारत १३औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार माल्दिभ्स मालेस्थित राष्ट्रिय रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुलले समान १–१ गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिए खेलमा भारतले ४९औँ मिनेटमा सुनिलको गोलबाट अग्रता बनाएको हो । ५०औँ मिनेटमा सुरेशले गोल गर्दा भारत २–० ले अगाडी रह्यो । ९० मिनेट पछि थपिएको मिनेटमा वैकल्पिक साहलले गोल गर्दै भारतलाई ३–० को जित दिलाए।

यससँगै भारतले कीर्तिमानी आठौँ पटक साफको उपाधि जित्न जितेको छ । नेपालको भने पहिलोपटक साफको उपाधि जित्ने सपना अधुरै रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...