चेन्नइले जित्यो चौथोपटक आइपिएलको उपाधि

195

काठमाडौँ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि चेन्नइ सुपर किङ्ग्सले जितेको छ । शुक्रबार राति भएको फाइनलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै चेन्नइले चौथोपटक आइपिएलको उपाधिमा कब्जा जमाएको हो ।

१९३ रनको लक्ष्य पच्छ्याएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन मात्र बनाउन सक्यो । कोलकाताका ओपनरद्वय शुभमन गिल र भेङ्कटेस आयरले अर्धशतकीय पारी खेले पनि मध्यक्रमका ब्याटरहरुले उल्लेख्य रन बनाउन नसक्दा हार ब्यहोर्न बाध्य भयो । गिलले ५१ तथा आयरले ५० रन बनाए ।

यस्तै, पुछारका ब्याटर शिभम माभीले २०, लक्की फर्गुसनले १८ रन जोड्दा दिनेश कार्तिक ९, इयान मोर्गान ४ राहुल त्रिपाठी २ तथा नितिश राना शून्य रनमा आउट भए ।

कोलकातालाई सस्तैमा समेट्ने क्रममा चेन्नइका शार्दुल ठाकुरले ३, जोश हेजलवूड र रविन्द्र जडेजाले समान २–२ लिए ।

यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नइले ३ विकेटको क्षतिमा १९२ रन बनाएको थियो ।

राम्रो सुरुवात गरेको चेन्नइका ओपनर फाफ डु प्लेसिसले अर्धशतकीय योगदान दिए । ५९ बल खेलेका प्लेसिसले ३ छक्का र ७ चौकाको मद्धतमा ८६ रन बनाए । मोइन अलीले ३७ रनको अविजित पारी खेले । यस्तै, रुतुराज गयकवार्डले ३२ तथा रोबिन उथप्पाले ३१ रनको योगदान दिए ।

चेन्नइले आइपिएलको उपाधि चौथोपटक जित्न सफल भएको छ । भारतीय टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नइले यसअघि २०१८, २०११ र २०१० मा उपाधि जितेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...