शंकर पोखरेलले भने, ‘अबको निर्वाचनमा माओवादीले जमानत पनि जोगाउन सक्दैन’

292

काठमाडौँ । नेकपा (एमाले)का नेता शंकर पोखरलले पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रममा परेर पछि लाग्दै आफ्नो भविष्य बर्वाद नपार्न सबै माओवादी नेता कार्यकर्तालाई अपिल गरेका छन् ।

गृह जिल्ला दाङस्थित नेकपा (एमाले) बबई गाउँपालिका कमिटीले बुधबार आयोजना गरेको बडादसैँ, दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री समेत रहेका एमाले स्थायी कमिटी सदस्य पोखरेलले यस्तो सुझाव दिएका हुन् ।

“पहिलो संविधानसभामा माओवादी जताततै छायो, दोस्रो संविधानसभामा आउँदाखेरि हरायो, स्थानीय चुनावमा जिल्लाभरि खोज्दा पनि कहीँ भेटिएन । पहाडको टाकुरामा भेटियो । अबको निर्वाचनमा माओवादीले जमानत पनि जोगाउन सक्दैन । यो सच्चाइ हो,” उनले भने । पोखरेलले प्रचण्ड षड्यन्त्र गरेर सदैव नेतृत्व हत्याउने काममै सीमित रहेकाले सो पार्टी जनताका लागि नभइ प्रचण्डका लागि मात्रै भएको उनले बताए ।

सधैभरि आफू नेता भइरहनका लागि प्रचण्डले षड्यन्त्र गरेको र अहिले पनि त्यस्तै षड्यन्त्रमा रहेकाले प्रचण्डबाट अब उज्याले होइन, अध्यारो मात्रै हात लाग्ने बताए । प्रचण्डले उत्तराधिकार घोषणा नगर्ने हुँकार गरेर माओवादीमा आफू बाँचुञ्जेल पार्टी नेतृत्वमा रहने घोषणा गरेको र माओवादीमा अरुको हैसियत नरहेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...